बुधबार, जेष्ठ २, २०८१

भूकम्पीय जोखिम न्यूनीकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक : उपप्रम श्रेष्ठ

काठमाडौं माघ २,
नेपाल सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यका विश्वकै भूकम्पीय जोखिम क्षेत्र मध्येमा पर्ने भएकोले जोखिम न्यूनीकरणका लागि सबै तहका सरकारले हातेमालो गर्दै जोखिम न्यूनीकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक रहेको बताउनु भएको छ।

स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भुकम्प थेग्ने संरचना बनाऔं भन्ने नारासहित आज २६ औं भुकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले अज राजधानीको भुगोलपार्कमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले गर्नुको विकल्प नभइको र यसमा संघीय सरकार सकारात्मक सहयोगका लागि सदैव तयार रहेको यस्तो अभिव्यक्ति दिनुभएको हो।

त्यस्तै उहााले भूकम्पीय जोखिममा रहेका विद्यमान संरचना कति सुरक्षति छन्, कति असुरक्षित छन् भनेर जोखिम आकलन गर्ने, असुरक्षित रहेका भवनको प्रबलीकरणलगायत विधि प्रयोग गरी सुरक्षित बनाउने र नयाँ बन्ने भवन तथा संरचना भूकम्पबाट सुरक्षित हुनेगरी संहिता पालना गर्नरगराउनमा महानगरले अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गर्दै विपद् व्यवस्थापनमा खटिने स्वंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भइसकेको बताउनुभयो । साथै विपद् व्यवस्थापनमा काठमाडौं महानगरले निर्वाह गर्दै आएको भूमिका र दिैआउको पहल तारिफयोग्य भएको बताउनुभयो ।

 विपदका बेला भुमिका खेल्ने कर्मचारी र सुरक्षाकर्मीलाई पुरस्कृत गरिएको उक्त कार्यक्रममा महानगरकी उपप्रमसख सुनिता डङ्गोल नेपाल भूकम्पको जोखिममा रहेकाले भूकम्प प्रतिरोधी संरचना निर्माण पहिलो प्राथममिकता भएको भन्दै जोखिम न्यूनीकरणसंगै यसवीचमा हुन सक्ने कुनै पनि किसिमको क्षति न्यूनिकरणका लागि तीनै तहका सरकारको समन्वयात्मक भूमिका आवश्यक रहेको बताइन् ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुवर, शसस्त्र प्रहरीबलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय विपद् जोखिम तथा न्युनिकरण प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, महानगरका निमित्त प्रशासकीय अधिकृत सिताराम कोइराला लगायत सर्वसाधारणको उपस्थिती रहेको थियो ।