आइतवार, जेष्ठ ६, २०८१

काठमाडौं  महानगरले साइबर सेक्युरिटी तालिमको आज औपचारिक शुभारम्भ गर्दै

 रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम अन्र्तगत चालु आ. व. मा १५ हजार व्यक्तिलाई तालिमसंगै   ५ हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य  

 काठमाडौं माघ २,

काठमाडौँ महानगरले ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य अनुरुप इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्यमा दिइने साइबर सेक्युरिटी तालिमको आज औपचारिक शुभारम्भ गर्ने भएको छ।

महानगरले चालु आवमा १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य सहित प्रस्तुत योजना कार्यान्वयनका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

 साइबर सुरक्षा प्रमाणपत्र र तालिममा विश्वव्यापी अग्रणी र प्रमाणित नैतिक ह्याकर क्रेडेन्सियलको आविष्कार हो । यो सहकार्यबाट ५ करोड रुपैयाँको छात्रवृत्ति प्रदान हुनेछ । त्यस्तै साइवर सुरक्षा सिप रोजगारमूलक शिक्षा हो , यसले व्यक्तिलाई सम्भावित साइवर अपराधबाट बचाउँछ भने सिपबाट रोजगार क्षेत्रमा आवद्ध हुन सकिने महानगरले जनाएको छ। महानगर स्रोतका अनुसार तालिमका लागि ७ हजार बढी ब्यक्तिको आवेदन प्राप्त भएको बुझिएको छ।

 त्यस्तै महानगरले ‘रोजगारी र आय वृद्धिका लागि इलेक्ट्रिसियन, उद्यमशील विकास, सहकारी व्यवस्थापन, फेसन डिजाइनिङ् र टेलरिङ्क , कम्प्युटर, सफ्टवेयर डिभलपमेन्ट, व्युटिसियन, डिजिटल मार्केटिङ्, र प्रफेसनल एकाउन्टिङ्क , व्युटिसियन, कपाल काट्ने सैलुन [हेयर कट], फेसन डिजाइनिङ्, कुलिनरी आर्ट, कम्प्युटर हार्डवेयर, सीसीटिभी जडान, भर्टिकल फार्मिङ् र गार्डेनिङ् लगायतका विभिन्न ३४ विधामा समेत तालिमको सुरवात गरिसकेको जनाएको छ।