आइतवार, बैशाख २३, २०८१

आज २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदैं

  काठमाडौं माघ २,

भूकम्पको जोखिम न्यूनीकरणबारे सचेतना मुलक कार्यक्रम सहित आज २६औं भूकम्प भूकम्प सुरक्षा दिवस मनाइँदै छ । विसं १९९० माघ २ गतेको ८,४ म्याग्नेच्युडको विनाशकारी गएको भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउँने क्रमको शुरुवात भएको हो ।

भूकम्प जाँदा हुनसक्ने क्षतिको न्यूनिकरणका लागि ‘स्थानीय स्रोत र प्रविधिसमेतको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नाराका साथ सुरक्षा दिवस संगै आज देशका विभिन्न स्थानमा आज भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षित आवास निर्माणबारे सचेतनासम्बन्धी कार्यक्रम आयोजना गरिएको छ ।

विसं १९९० पछि मुलुकमा २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पका कारण आठ हजार ६७० जनाको मृत्यु भएको थियो । जसकारण सात लाखभन्दा बढी आवासमा क्षति पुगेको थियो भने गत कात्तिक १७ गतेको जाजरकोट भूकम्पमा पनि जनधनको धेरै क्षति भएको थियो ।

यसैवीच काठमाडौं महानगरले दिवसको अवसरमा विपदबाट हुन सक्ने क्षति न्युनीकरणका लागि प्रत्येक वडामा रहेको वडास्तरीय विपद् व्यवस्थापन समितिको क्षमता अभिवृद्धिसंगै समितिलाइ चलाएमान बनाउँदै सर्वसाधारणको पहुँचमा सन्देशमूलक कार्यक्रम लैजान दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन ।