सोमवार, बैशाख १७, २०८१

सांसद डा.शर्माद्वारा भोजपुरको दुई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं पुस २७,
नेपाली कांग्रेसका नेता तथा सांसद डाक्टर सुनिलकुमार शर्माले भोजपुर जिल्लाका दुई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा २४ सय बढी सर्वसाधारणले स्वास्थ्य जाँच गराएका छन् । पूर्वी पहाडी जिल्लाको भ्रमणमा रहेका सांसद शर्माले नोबेल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नु भएको हो ।

पुस २३ र २४ गते भोजपुरको हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २४१८ जना सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको छ । शिविरमा नोबेल मेडिकल कलेजबाट मेडिसिन, प्रसुति तथा स्त्री रोग, सर्जरी, हाडजोर्नी, नाक कान घाँटी, दन्त रोग, बाल रोग, आँखा रोग लगायत विभागका विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए ।

पौष २३ गते भोजपुरको हतुवागडी गाउँपलिका वडा नं। २, घोडेटारको सगरमाथा माध्यामिक विद्यालयमा र पौष २४ गते आमचोक गाउँ पालिका वडा नं। ४ स्थित चण्डेश्वर माध्यामिक विद्यालयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको प्रमुख अतिथी सांसद डा.सुनिलकुमार शर्मा थिए । शिविरलाई संवोधन गर्दै उनले शिक्षा र स्वास्थ्य सेवा सर्वसुलभ तथा निःशुल्क हुनुपर्ने बताए । आम नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउनु पर्ने राज्यको दायित्व भएको जिकीर गर्दै आफु सदैव गरिब, विपन्न नागरिकको पक्षमा रहेको बताए ।

स्वास्थ्य शिविरबाट अपरेशन गर्न रेफर भएका बिरामीहरुलाई विराटनगरको नोबेल शिक्षण अस्पताल तथा काठमाडौं मेडिकल कलेजमा निःशुल्क अपरेशन गर्ने घोषणा गर्दै सांसद शर्माले भने, ‘यो शिविरबाट अपरेशन गर्न रेफर हुनुभएका सम्पूर्ण बिरामीको नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने कतउनुभयो ।

शिविरमा नोबेल मेडिकल कलेजका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बराल, नेपाली काँग्रेस भोजपुर जिल्ला सभापति तथा प्रदेश सभा सदस्यद्वय बिनोद बान्तावा, मान बहादुर लिम्बु, भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आले, नेपाली काँग्रेसका क्षेत्रिय सभापति मदन खुलाल, जिल्ला समन्वय समितिका कोमल तुलुङ्ग राई, आमचोक गाँउपालिका अध्यक्ष अशोक राई लगायतको उपस्थिति रहेको थियो ।