बिहिबार, जेष्ठ ३, २०८१

आज राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइदैँ

  काठमाडौ पुस २७,

आज ३०२ औँ पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसका अवसरमा राजधानीको सिंहदरबारको पश्चिम ढोकास्थित शाहको सालिकमा आधुनिक नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायणको शालीकमा माल्यापर्ण सहितका क्रार्यकम सहित विभिन्न संघसस्थाहरुले यो दिवस भव्यतापूर्व मनाईदै छ । यसअघि जनस्तरमा मात्र दिवस मनाउने गरिएपनि पछिल्ले समय राज्यको तर्फबाट समेत सार्वजनिक विदा दिदै राष्ट्रिय एकता दिवस मनाइदैछ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौं ससाना राज्य राज्यलाई एकीकरण गर्दै ४ वर्ण र ३६ जातको फूलबारीको सृष्टि गर्नु भएको थियो । यसरी तत्कालीन भुरे टाकुरे राज्यमा विभाजित नेपाललाई समयको माग र आवश्यकता अनुरुप एकीकरण गरी आधुनिक नेपालको निमार्णमा राजा पृथ्वी नारयाण शाहले दिएको योगदान आर्फमा महत्वपूर्ण रहिआएको छ ।