सोमवार, जेष्ठ ७, २०८१

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

 काठमाडौं पुस २६,

सर्लाही जिल्ला अदालतले बाल यौन शोषण गरेको मुद्दामा फरार रहेका प्रतिवादी तपस्वी रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।  जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

तपस्वी बम्जन बाल यौन शोषण गरेको मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भए पनि विगत ४ वर्षदेखि फरार रहेको अवस्थामा मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो । बुधबार उनलाई सर्लाही पुर्‍याइएको थियो ।

 यौन दुर्व्यवहारसँगै हत्या गरेको र अनुयायी बेपत्ता पारेको पनि आरोप लागेको बम्जन विरूद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो ।