सोमवार, बैशाख १७, २०८१

गायक गुरुङ्गको ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक

काठमाडौं पुस २०,

गायक शशि गुरुङ्गको स्वरमा रहेको नयाँ आधुनिक गीत ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक भएको छ । प्रकाश सायमीको शब्द तथाा प्रविण बराइलीको संगीत र संजिव बराइलीको संगीत संयोजन सार्वजनिक गीतमा रहेको छ ।

प्रेमील मनका प्रेम भावलाई गीतमा समेटिएको छ । युदन योञ्जनको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘तिमीले हेर्न चाहे‘ गीतको भिडियोमा कुशल केसी र मुना भुर्तेलको अभिनय देख्न सकिन्छ ।