बुधबार, बैशाख १२, २०८१

बरुण र कुसुम शर्माको रोमान्टिक फ्लेभरको म्युजिक भिडियो ‘चाहन्छु ५’ सार्वजनिक

काठमाडौं पुस १६,
गायक प्रताप दासको स्वरमा रहेको गीत ‘चाहन्छु ५’ सार्वजनिक भएको छ । गीतमा सरोज पोखरेलको शब्द र संगीत, देवेश राईको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ । नयाँवर्ष २०२४ को अवसरमा सार्वजनिक प्रस्तुत रोमान्टिक फ्लेभरको म्युजिक भिडियोमा बरुण अधिकारी र कुसुम शर्माको अभिनय रहेको छ।

त्यस्त्ै साजन कट्टेलको निर्देशनमा बनेको म्युजिक भिडियोमा पुनम चौधरीको मेकअप, दिनेश पराजुलीको छायांकन, राकेश दाहालको सम्पादन र सरोज पोखरेलको कन्सेप्ट छ भने ए वान म्यूजिसियनमा रेकर्ड गरिएको गीतमा रत्न बिकको फ्लयुट र राजेश श्रेष्ठको रेकर्डिङ रहेको छ ।

गीत सार्वजनिक पछि बरुणले भने ‘पछिल्लो पुस्ताको माया प्रेमको कथालाई समेटेर म्युजिक भिडियो निर्माण गरेका छौँ । आशा छ कुसुम र मेरो रिलको जोडिलाई दर्शकहरूले मन पराउनु हुनेछ । राम्रो मेहनत गरेका छौँ । परिणाम पनि राम्रो हुन्छ भन्ने आशा छ।’