बुधबार, जेष्ठ २, २०८१

पत्रकार तमखूलाई मातृशोक

भक्तपुर असोज २०,
नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति भक्तपुरका कार्यसमिति सदस्य एवम् न्यूज २४ टिभीका भक्तपुर सम्वाददाता रामगोपाल तमखूलाई मातृ शोक परेको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाका अध्यक्ष समेत रहनुभएका तमखूका माता राजेश्वरी तमखूको शुक्रवार साँझ असामयिक निधन भएको हो । स्वर्गीय राजेश्वरीको शुक्रवार साँझ नै धार्मिक र परम्परागत विधि अनुसार भक्तपुरको चुपिङघाटमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जानकारी दिए ।

घरमा अचानक अचेत हुनुभएका राजेश्वरीलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा चिकित्सकहरुले उपचारका क्रममा मृत घोषणा गरेको रामगोपालले बताउनुभयो । स्व. राजेश्वरीका पति, रामगोपालसहित दुई छोरा र दुई छोरी हुनुहुन्छ । पत्रकार रामगोपाल स्व. राजेश्वरीकी जेठा सुपुत्र हुनुहुन्छ ।