सोमवार, जेष्ठ ७, २०८१

६० किलो सुन तस्करी प्रकरण: पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

रुक्मिना सुब्बालाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश

काठमाडौं असोज १९ ,
काठमाडौं जिल्ल अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।  सुन तस्करी प्रकरणमा पक्राउ परेका २६ जनामध्ये २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशसंगै प्रतिवादी रुक्मिना सुब्बालाई भने पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने अदालतले आदेश दिएको हो ।

३१ गते दायर मुद्दा अन्र्तगत आरोपीहरुको बयान पछि गत १० असोजदेखि थुनछेक बहस शुर भएको र आज सकिएको थुनछेक बहस पछि भएके दुवै तर्फका कानुन व्यवसायीको जवाफी बहस सकिएसंगै अदालतले बहस थुनामा राख्न आदेश दिएको हो ।

गत साउन २ गते राजस्व अनुसन्धानले पक्राउ गरेका आरोपीहरुलाई सुन तस्करीमा संगठित अपराधमा अनुसधान गरी सीआईबीले भाद्र ३१ गते मुद्दा सरकारी वकिलको कार्यालय मार्फत दायर गरेको थियो ।

स्मरण रहोस हङकङबाट तस्करी गरेर काठमाडौं ल्याइएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा ९ विदेशीसहित २९ जना विरुद्ध मुद्दा दायर भएपनि आरोपीमध्ये २६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।