सोमवार, जेष्ठ ७, २०८१

कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि नेपाल र रोमानियाबीच श्रम समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं असोज १९ ,
नेपाल र युरोपेली मुलुक रोमानियाबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र रोमानियाका श्रममन्त्री सिमोना बुकुरा अप्रेस्कुले आज रोमानियास्थित श्रम मन्त्रालयमा हस्ताक्षर गर्नुभएको हो ।

नेपाल र रोमानियाबीच कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि भएको श्रम सक्झौता अघि भएको द्विपक्षीय वार्तामा श्रममन्त्री भण्डारीले नेपाली कामदारसँग सरोकारका विषय, द्विपक्षीय श्रम समझादारीको आवश्यकता र प्रभावका बारेमा नेपालको अवधारणा प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै रोमानियाका श्रम मन्त्री सिमोनाले नेपाली कामदारको हकहित सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्वता व्यक्त गनुभएको थियो ।