शनिबार, बैशाख १५, २०८१

पारिवारिक टेलिसिरियल ‘सीता’को प्रसारण सुरु

 काठमाडौं असोज १० ,
घरेलु हिंसाको विषयवस्तु उठान गरेको पारिवारिक टेलिसिरियल ‘सीता’को प्रसारण सुरु भएको छ। सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रीमियम टेलिभिजनबाट प्रसारण सुरु भएको हो। हरेक मंगलबार राती ८ बजे टेलिभिजनबाट प्रसारण हुने सिरियल आरटि इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत आफुले चाहेको समयमा हेर्न सकिनेछ।

गरिबिको पिडा, महिला माथिको विभेद, शिक्षाबाट बञ्चित चेलिको अवस्था र सामाजिक समस्याहरुलाई सिरियलमा मुख्य रुपमा उठान गरिएको छ । सिता नाम दिएर सिरियलमा विम्बको रुपमा प्रस्तुत गरिएको छ । सिताको भूमिकामा सुनिसा बजगाईँले सशक्त अभिनय गरेकि छिन् ।

त्यस्तै लेखक तथा निर्देशक सहिन प्रजापतिको अभिनय पनि हेर्न सकिन्छ । त्यस्तै बालकृष्ण ओलिले सिताको जड्याहा श्रीमानको भूमिका निभाएका छन् । त्यस्तै राजु भुजु, सविता गुरुङ, तारा केसि, आरके मानन्धर, बासु खनाल, उत्तम आचार्य लगायतको मुख्य भुमिका देख्न सकिन्छ ।