बिहिबार, बैशाख २७, २०८१

सुनका गरगहना किन्ने बहानामा सुन पसलमा गई चोरी गर्ने ४ जना प्रहरी हिरासतमा

काठमाडौं असोज १० ,
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनका गरगहना किन्ने बहानामा सुन पसलमा गई चोरी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका घर भई काठमाडौं ढुङ्गेधारा बस्ने ३३ वर्षीया रत्न महर्जन, तार्केश्वर नगरपालिका पुरानो गुहेश्वरी बस्ने २२ वर्षीय सुमन पुतुवार, नुवाकोट बेलकोटगढी नगरपालिका घर भई काठमाडौं महानगरपालिका १६ नयाँबजार बस्ने ३६ वर्षीय वीरेन्द्र बिक र भारत महाराष्ट्र घर भई काठमाडौं माछापोखरी बस्ने ३७ वर्षीय हनुमन्त फाँडे रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रस्तुत घटनाको विषयमा दिएको जाकारी जानकारी अनुसार काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा रहेका सुन पसलमा गई सुनका गरगहना किन्ने बहाना बनाई चोरी गरी फरार रहेको घटना अनुसन्धानको क्रममा  जिहरुलाइ जिहरलाइ पक्राउ गरेको जनाएको छ।

त्यस्ते प्रहरीले चोरीमा संलग्न रत्न र सुमनलाई गत शुक्रबार पक्राउ गर्दै अनुसन्धान गर्नेक्रममा रत्न चोरी गर्ने, सुमन स्कुटर चालक र वीरेन्द्र तथा हनुमन्त चोरी गरेको सुनका गहना खदिद गर्ने व्यक्ति रहेको खुल्न आएको जनाउँदै पक्राउ परेको अभियुक्तहरुलाइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं चलान गरिएको जनाएको छ।