बुधबार, जेष्ठ २, २०८१

विश्व पर्यटन दिवस: हनुमाढोका दरवार क्षेत्रमा पर्यटकको स्वागत

काठमाडौं असोज १० ,

आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्र समवद्ध सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउदै गरेको थाहा भएको छ।

यसैवीच काठमाडौं महानगरपालिका हनुमाढोका दरवार संरक्षण कार्यक्रमले पनि विश्व पर्यटन दिवसको अवसरमा आज हनुमाढोका दरवारक्षेत्रको कलात्मक सम्पदा अवलोकनका लागि विहानै आएका पर्यटकलाइ स्वागत सत्कार सहित उपहार समेत प्रदान गरेका छन ।

 ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा मनाइने विश्व पर्यटन दिवसको अवसमा काठमाडौं महानगर वडा न १९ का अध्यक्ष राजेश श्रेष्ठ , वडा न २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी ,दरवारक्षेत्र  संरक्षण कार्यक्रमका प्रमुख चन्द्र गोपाल प्रधान , कार्यक्रम अधिकृत चिन बज्राचार्य लगायतले पर्यटकलाइ फुल माला र नेपाली टोपी लगाउँदै दरवार क्षेत्रमा परम्परागत वाजागाजा सहित स्वागत गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031