बिहिबार, बैशाख २०, २०८१

पाँच दर्जन भन्दाबढी वरिष्ठ नायब निरीक्षकको प्रहरी इन्स्पेक्टरमा बढुवा

काठमाडौं साउन ७,

नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक[प्रहरी निरीक्षक] इन्स्पेक्टर पदमा बढुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयअन्तर्गतको बढुवा समितिको साउन ६ गते बसेको बैठकले ६४ वरिष्ठ नायब निरीक्षकलाइ इन्स्पेक्टरमा बढुवाका लागि सिफारिस गर्ने निर्णय सहितको सिफारिस सूचीसमेत सार्वजनिक गरेको छ ।

सार्वजनिक सूचीको ठप टेन मध्ये पहिलो नम्बरमा प्रहरी अपराध अनुसन्धान कार्यालय, सुर्खेतमा कार्यरत मोहनलाल आंगा श्रेष्ठ पहिलो नम्बरमा छन् । उनले ९२.५५५९ अंक प्राप्त गरेका छन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगालका कार्यरत लोकराज पाठक दोस्रो नम्बरमा रहेका छन । त्यस्तै तेस्रोमा किरण घिमिरे, टेकप्रसाद सुवेदी , सुष्मा कठेत , विरवहादुर थापा , थानेश्वर चपाइ,उद्धव प्रसाद जमरकटेल, कमल विष्ट, र जीवन श्रेष्ठ रहेका छन ।