आइतवार, बैशाख ३०, २०८१

विश्वासको मत पाउँन नसकेसंगै कोशी प्रदेशका मुख्यमन्त्री कार्की पदमुक्त

नयाँ सरकार गठनको प्रक्रिया सुरु

काठमाडौं असार १५,
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत पाउँन नसकेसंगै कोशीबाट नेकपा एमालेका नेता समेत रहेका कार्की नेतृत्वको सरकार ढलेको छ ।

मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि बिहीबारको बैठकमा मुख्यमन्त्री प्रस्ताव पेस गरेका थिए । तर प्रदेशसभाको विश्वास नपाउने देखिएपछि छलफलका लागि भन्दै बैठक शुक्रबारका लागि सारिएको थियो ।  यद्यपी आज बसेको बैठकमा ९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ , नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक प्रदेशसभा सदस्य रहेका छन् ।

यसवीचमा आज बसेको ८९ सांसद उपस्थितरहेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विस्वासको मतको पक्षमा ४६ मत र विपक्षमा ४३ मत परेको थियो । ९३ सदस्यीय कोशी सभामा बहुमतका लागि आवश्यक ४७ सांसदको मत पुर्याउँन नसकदा कार्की नेतृत्वको सरकार ढलेको हो ।

कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्य मतदान गरे भने विपक्षमा गठबन्धन दलमा रहेका कांग्रेसका २९, माओवादीका १२ र नेकपा एसका ४ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

यसैवीच मुख्यमन्त्री कार्कीले शुक्रबार कोशी प्रदेशसभाबाट विश्वासको मत नपाएर सरकार ढलेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।नयाँ सरकार गठनको प्रक्रियामा क नेपाली कांग्रेस र माओवादी केन्द्रको दाबी छ ।

गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादीले कांग्रेस वा माओवादी केन्द्र जसको नेतृत्व भएपनि स्वीकार्ने जनाएको छ । प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्नेबित्तिकै गठबन्धनबाट दाबी पेस गर्ने र एक साताभित्र सरकार बनाइसक्ने गठबन्धनको तयारी रहेको बुझिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031