शनिबार, बैशाख २९, २०८१

मुठी रोपेर मुरी उमार्ने लक्ष्यका साथ छुपुछुपु हिलोमा यसरी गरियो धान रोपाइँ

काठमाडौं असार १५,
आज असार १५ अर्थात २०औँ राष्ट्रिय धान दिवस देशभर रोपाइँ सहित यो दिवस मनाइदैछ । यसै अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा। बेदुराम भुसालले आज राष्ट्रिय कृषि अनुसन्धान परिषद्को कार्यालयमा खुमलटारमा धान रोपेर दिवसको उद्घाटन गर्नुभएको छ ।

त्यस्तै काठमाडौं उपत्यका सहित देशका विभिन्न भागका खेती किसानी गर्ने समुदायले आआफ्नो शैलीम रोपाइँ गर्दै २०औँ राष्ट्रिय धान दिवस मनाएका छन ।  मुठी रोपेर मुरी उमार्ने लक्ष्यका साथ आज गरिएको रोपाइँको वेग्लै महत्व रहेको छ । असारे भाकामा छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका लोकदोहोरी गाउँदै आज खेतमा धान रोपाइँ गरिएको हो । त्यस्तै रोपाइँ लगत्तै खेतको डिलमा बसेर दही च्यूरा खाने प्रचलनले त झन आजको दिनलाइ थप उल्लासमय बनएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031