आइतवार, बैशाख ३०, २०८१

ललिता निवास जग्गा प्रकरणको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

 काठमाडौं असार १५,
सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा किर्ते प्रकरणमा पक्राउ परेकाहरुले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले पक्राउ परेका मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले आफूहरुलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित दर्ता गरेको रिटमा शुक्रबार कारण देखाऊ आदेश जारी गरेको हो ।

त्यस्तै इजलासले उनीहरुलाई पक्राउ गर्नुको कारण र प्रमाणसमेत चौबीस घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न गृह मन्त्रालयलाई निेर्देशन समेत दिएको छ ।

त्यस्तै आदेशमा ‘यसमा के कसो भएको हो रु निवेदकको मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो रु आदेश जारी हुन नपर्ने मनासिब आधार, कारण र प्रमाण भए सोसमेत खुलाई यो सूचना म्याद प्राप्त भएको मितिले बाटाको म्याद बाहेक चौबीस घण्टाभित्र कागज प्रमाणहरुसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू भनिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031