आइतवार, बैशाख ३०, २०८१

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचारी ठहर

काठमाडौं असार १५,
विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिवाना सजाय सुनाएको छ ।

अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिकग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले आज खड्कालाई अकुत सम्पती आर्जन गरेको अभियोगमा एक वर्ष तीन महिना कैद र रु नौ करोड १९ लाख छ हजार छ सय बराबर बिगो र सोही बराबर जरिवानासंगै उनको घरजग्गा र बैंक ब्यालेन्ससमेत जफत गर्न आदेश दिएको छ ।

स्मरण रहोस, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काको कुल सम्पनि मध्ये ८ करोड ६४ लाख रुपैयाँको मात्र स्रोत खुलेको उल्लेख गर्दै अरु रकम गैरकानुनी भएको दाबी गर्दै २०७५ पुस १३ गते विशेष अदालतमा गैरकानुनी रुपमा १८ करोड रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेको अभियोग सहित मुद्दा दायर गरेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031