आइतवार, बैशाख ३०, २०८१

यस्तो छ बकर इदको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिनुभएको शुभकामना

काठमाडौ असार १४,
मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद [इद उल अज्हा] को अवसरका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीले शुभकामना दिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएको शुभकामना सन्देशमा सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा [बकर इद] पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएकोछ ।

यस्तै, उपराष्ट्रपति रामसहायप्रसाद यादवले आफ्नो शुभकामना सन्देशमा मुस्लिम समुदायले मनाउने यो पर्वलाई शान्ति तथा व्यवस्थित विकासका लागि प्रतिज्ञा र प्रतिबद्धता व्यक्त गर्ने सु(अवसरका रुपमा लिनुपर्ने उल्लेख गर्दै आपसी रिस, राग, वैमनस्यता, उच्छृङ्खलता, द्वन्द्व, द्वेषलाई बिर्सेर परस्पर खुसी, सद्भावका साथ शुभकामना आदान–प्रदान गर्न यो पर्वले उत्प्रेरित गर्न सकोस् भनी कामना गर्नुभएको छ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले पनि आफ्नो शुभकामना सन्देशमा विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको भन्दै बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई धार्मिक एवं सांस्कृतिक चाडपर्वले सांस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएको उल्लेअख गर्नुभएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031