काठमाडौ असार १४,
आज मुस्लिम धर्मावलम्बीले आफ्नो दोस्रो ठूलो महान् पर्व बकर इद [इद उल जोहा] मनाइँदै छ । इद उल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा अनुसार आज बकर इद पर्व मनाउँने गरिन्छ ।
बकर इद पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान सहित नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिदै यो पर्व मनाउँने गरिन्छ । पर्वको अवसरमा रत्नपार्कस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिदमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ ।
बकर इदपर्वको सवालमा सम्वद्ध स्रोतबाट प्राप्त जानकारी अनुसार हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिम नामक मुस्लिमले सन्तान प्राप्तिका लागि कुर्बानीको कामना सहित अल्लाहसँग मन्नत मागेका थिए । अल्लाहले उनलाइ सन्तानको सुख दियो । त्यपछि उनले अल्लाहलाइ धेरै जनावर कुर्बानी गर्दा समेत अल्लाह खुसी नभएपछि उनले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको
यसरी गरिएको कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता रहेको बुझिएको छ। त्यस्तै पर्वको अवसमार आज सरकारले सार्वजनिक विदा समेत दिएको छ ।