आइतवार, बैशाख ३०, २०८१

मनसुनी वायुको बढ्दो प्रभाव , देशभर भारी वर्षाको सम्भावना

काठमाडौ असार १४,
मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको बढ्दो प्रभावसंगै देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ ।

त्यस्तै महाशाखाले अहिले बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाउदै आज दिउँसो सामान्यदेखि पूर्ण बदली भई बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एकाध स्थानमा भारी वर्षासंगै तराईका एकाध स्थानमा हावाहुरीकोसमेत सम्भावना औल्याएको छ।

महाशाखाले आज जारी मौसम पूर्वानुमान बुलेटिनमा शुक्रबार पनि देशका अधिकांश स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको जनाउएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031