शुक्रबार, बैशाख २८, २०८१

अराजक र प्रतिगामी प्रवृत्ति विरुद्ध समाजवादी मोर्चाको घोषणा [ पूर्णपाठ सहित]

काठमाडौं असार ४,
माओवादी केन्द्रसहितको चार दलहरूले आज राजधानीमा एक कार्यक्रमकावीच समाजवादी मोर्चाको घोषणा गरेका छन् । सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी संगै विप्लव नेतृत्वको नेकपा समेत सहभागी प्रस्तुत मोर्चाको मुलत लक्ष्य भनेको राजनीतिक स्थिरता भएको बताइएको छ ।

यसअघि तीन दलबीच पार्टी एकता गरेर अघि बढ्ने विषयमा छलफल भए पनि एकताको लागि सहमति बन्न नसकेपछि मोर्चा बनाउने निष्कर्ष सहित समाजवादी मोर्चा गठनका लागि माओवादीबाट कृष्णबहादुर महरा, जसपाबाट राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीबाट प्रमेश हमालले कार्यविधि तयार पारेका थिए ।

समाजवादी मोर्चा गठनका १५ वटा उद्देश्यहरु राखिएका छन्, जसमा ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका विशेषताहरु पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने’मुख्य लक्ष तय गरिएको छ।

त्यस्तै मोर्चाले आज सार्वजनिक गरेको घोषणापत्रमा मोर्चाको नीतिगत निर्णयका लागि आवद्ध दलका अध्यक्षहरु रहेको चार सदस्यीय संयोजन समिति रहने र मोर्चाको नेतृत्व शीर्ष नेताहरुले आलोपालो गर्ने उल्लेख गरिएको भने घोषणापत्रमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एसका नेता झलनाथ खनाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

यस्तो छ घोषणापत्रको पूर्ण पाठ

यसैवीच समाजवादी मोर्चाको घोषणा कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मोर्चा १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान बनाउन भुमिका खेल्ने सबैलाई मोर्चासँग हातेमालो गर्न आग्रह गर्दै विभिन्न संघर्ष र बलिदानबाट गुज्रिएका पार्टी र नेताहरुलाई, विचार र प्रवृत्तिलाई बदनाम गर्ने र यो परिवर्तन जो हजारौँ सहिद र बेपत्ता, क्रान्तिकारीहरुको त्याग, तपस्या र बलिदानबाट आएको परिवर्तनलाई होच्याउने, अपमानित गर्न, खोज्ने अराजक र प्रतिगामी प्रवृत्ति विरुद्ध केन्द्रीत रहने बताउनुभयो ।

त्यस्तै नेकपा एका अध्यक्ष माधव नेपालले कसैसँग मुकाविला गर्नका लागि समाजवादी मोर्चा निर्माण नगरिएको बताउँदै मोर्चाले प्रतिगमनकारी शक्तिविरुद्ध लक्षित हुने बताउनुभयो ।
त्यस्तै उहाँले सुशासनलाई सुनिश्चित गर्न, समाजमा भएका, राजनीतिमा भएका जति पनि विकृति, विसंगतिहरु छन्, त्यसलाई अन्त्य गर्न मोर्चाको
अवधारणा कार्यान्वयन गरिएको बताउनुभयो । त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव , नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द लगातले वोल्नुभएको थियो ।