सोमवार, बैशाख ३१, २०८१

स्रोत नखुलेको १५ लाख ५० नेपाली रूपैयाँ सहित चौधरी र ठाकुर पक्राउ

काठमाडौं असार ५,
जिल्ला प्रहरी कार्यालय सर्लाहीले मलंगवा नगरपालिका-८ गोरखकाली चोकबाट स्रोत नखुलेको १५ लाख ५० नेपाली रूपैयाँ र २ हजार ६ सय ४० भारतीय रूपैयाँसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मलंगवा नगरपालिका(४ बस्ने ३५ वर्षीय विसुन्द्र प्रसाद चौधरी र सोही नगरपालिका(२ बस्ने ४० वर्षीय नागेन्द्र ठाकुर रहेका छन् ।

प्रहरीले भारतको सोनबर्षाबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एस २०८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको जनाउँदै पक्राउ परेको ठाकुर र चौधरी उपचर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031