सोमवार, बैशाख ३१, २०८१

राष्ट्रपति पौडेलको मुटुमा स्थायी पेसमेकर, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं असार ५,

गत शनिबार राति अचानक स्वास्थ्य अवस्था असामान्य बनेपछि अस्पताल भर्ना हुनु भएका राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा स्थायी पेसमेकर राखिएको छ ।

महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत पौडेलको मंगलबार दिउँसो मुटुमा पेसमेकर राखिएको अस्पतालका कार्यकारी निर्देशक डा. रत्नमणि गजुरेलले विज्ञप्तिमार्फत जनाएका छन् ।

उनले ७२ घण्टाको नियमित निगरानीपछि मुटुको चाल बेला बखतमा कम देखिएकाले विशेषज्ञहरूको सल्लाहबमोजिम स्थायी पेसमेकर राखिएको जनाए । उनका अनुसार पेसमेकरले मुटुको चाल बनाइराख्ने काम गर्छ ।

अस्पतालका अनुसार उहाँको स्वासथ्य अवस्था सामान्य रहेको जनाएका छ । यसअघि गत मंगलबार हिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा राष्ट्रपति पौडेलको एन्जिओप्लास्टी गरेर बन्द भएको मुटुको नशा खुलाइएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031