सोमवार, बैशाख ३१, २०८१

राष्ट्रको सामाजिक रुपान्तरणका निम्ति नवीन सोच अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं असार ५,
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रको सामाजिक रुपान्तरणका निम्ति नवीन सोच अपरिहार्य हुने बताउनुभएको छ ।

त्यस्तै सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले विगतमा भएको विद्रोह होस वा शान्ति सम्झौतामा संगै संविधानसभामा लगायतका विषयगत एजेन्दा नवीन सोचका कारण नै सम्भव भएको बताउँदै प्रतिभा डबली कार्यक्रमबाट सृजनात्मक नवीन सोचलाई प्रोत्साहन गर्दै आफैँभित्र सबैभन्दा पहिला सुशासन सुरुआत गर्न आग्रह गर्नुभयो ।

साथै उहाँले नेपालमा स्थायी सरकारका रुपमा चिनिने कर्मचारीभित्र क्षमता, प्रतिभा र अनुभव सबै दृष्टिकोणले सक्षम रहेको विश्वास व्यक्त गर्दै कर्मचारीतन्त्रको सेवा प्रवाहको प्रभावकारिताले सरकारको मूल नेतृत्वको सफलता र असफलतालाई पनि प्रत्यक्ष रुपले प्रभाव पार्ने समेत बताउनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031