सोमवार, बैशाख ३१, २०८१

विशेषले गर्यो राजस्वका महानिर्देशक चूडामणिसहित ३ जनालाई जनही ४ अर्ब १० करोड जरिवानाको फैसला

काठमाडौं असार ५,
विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मा र कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई जनही ९ वर्ष कैद र ४ अर्ब १० करोड बिगो तथा जरिवाना सजायको फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासबाट भएको बिगो तथा जरिवाना सजाय अनुसार जनही ४ अर्ब १० करोड जरिवाना सहित अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद तथा ढकाल र शर्मालाई ९ नौ वर्ष कैद तोकेको प्रवक्ता दीपेन्द्र योगीले जानकारी दिएका छन् ।

यअघि विभिन्न व्यापारीलाई अनियमित तरिकाले कर छुट दिएको अख्तियारको आरोपसहित २०७४ साल असारमा उनीहरूविरूद्ध १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा दायर मुद्दाको सनवाइ गर्दै गैरकानुनी सम्पत्ति आर्जन गरेको मुद्दामा सफाइ दिएपनि राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेकाअर्को मुद्दामा उनीहरूलाई गत जेठ १८ गते दोषी ठहर गरी आज सजाय सुनाइएको हो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031