शुक्रबार, बैशाख २८, २०८१

बालेनको चेतावनी- आफ्नो अभिष्ट पूरागर्ने नाममा विद्यालय बन्द गर्नेलाइ कारबाही

काठमाडौं असार २,
काठमाडौँ महानगरका प्रमुख बालेन साहले महानगर अन्र्तगतका सामुदायिक विद्यालय बन्द गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेसंगै महानगर प्रमुख साहले यस्तो चेतावनी दिएको हो ।

आफ्नो अभिष्ट पूरागर्ने नाममा विद्यालय बन्द गर्ने जोकोहि लाइ पनि काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१ बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने छ भने विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्‍याउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गरिनुको अलावा प्रचलित अन्य कानुन बमोजिम समेत कारबाही गरिने सम्मको चेतावनी दिएका छन ।

साथै प्रमुख साहले महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिदै नेपाल सरकारको मिति २०६८।२।११ गतेको निर्णयअनुसार विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को बुँदा न ६.२ को   ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने र विद्यालय शान्ति क्षेत्रको अवधारणा विपरीत हुने गरी कुनै पनि कार्य गर्न बन्देज गरिएको समेत स्मरण गराएका छन् ।