मङ्लबार, जेष्ठ १, २०८१

बाढीपहिरोमा प्रताडितको खोजी तथा उद्धारलाई तीव्र बनाउन प्रधानमन्त्रीको निर्देशन

 सङ्खुवासभाको हेवाखोलामा गएराति आएको बाढीले पुर्‍याएको क्षतिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं असार ३,

प्रधानमन्त्री पुष्पकमल दाहालले देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले बाढीपहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त  गर्नु भएकोहो ।

प्रम प्रचण्डले  सञ्जालमा ‘देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुस्ख व्यक्त गर्दछ,’ प्रधानमन्त्री दाहालले भनेका छन्, ‘साथै, बेपत्ताहरूको खोजी, उद्दार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशित गर्दै आ–आफ्नो ठाउँबाट सहयोगका लागि आम जनसमुदायमा हार्दिक अपिल गर्दछु ’ लेखेका छन ।

त्यस्तै उहाँले बाढीपहिरोमा परी बेपत्ता भएकाहरुको खोजी, उद्धार एवं राहतका लागि सक्रिय रुपमा लाग्न सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिएका छन् । साथै आ–आफ्नो ठाउँबाट सहयोग गर्न आम जनसमुदायलाई समेत अपिल गर्नुभएको छ।

 स्मरण रहोस, अविरल वर्षासँगै गएराति आएको बाढीका कारण कोशी प्रदेशका विभिन्न जिल्ला प्रभावित भएका छन् । ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढीले ठूलो जनधनको क्षति भएको छ । ताप्लेजुङमा चार, पाँचथरमा ६ तथा संखुवासभामा १६ जना बेपत्ता भएका छन् ।

यसैवीच सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री दाहाललाई सङ्खुवासभाको हेवाखोलामा गएराति आएको बाढीले पुर्‍याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराइएको छ ।
ध्यानाकर्षणको क्रममा प्रधानमन्त्री दाहालले बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएकाहरुको खोजी, उद्धार एवं राहतका लागि सक्रिय रुपमा लाग्न सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो ।