मङ्लबार, जेष्ठ १, २०८१

प्रतिनिधिसभा बैठक: तीनवटा मन्त्रालयको बजेटमाथि छलफल हुने

काठमाडौं असार ३,
प्रतिनिधिसभा आज बिहान ११ बजे बस्ने बैठकमा पनि बजेटमाथि मन्त्रालयगत छलफल हुँदैछ ।

गत जेठ ३२ गतेदेखि प्रारम्भ भएको विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरुमाथि मन्त्रालयगत छलफल अन्र्तगत आज संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ।

 साथै सचिवालयले प्रकाशित बैठकको संभावित कार्यसूचीमा आजको छलफलको क्रममा यी मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने उल्लेख गरिएको छ । सचिवालयका अनुसार सांसद लिलानाथ श्रेष्ठ, योगेशकुमार भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, सुमना श्रेष्ठ र प्रेम सुवालले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने बताइएकोछ ।

 गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान [बजेट] माथि छलफल भएको थियो भने जेठ २९ गते अर्थमन्त्री महतले छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031