शनिबार, बैशाख २९, २०८१

प्रस्तावित प्रधान न्यायाधीश कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरीको ओइरो

काठमाडौं जेठ २९,
सर्वोच्चका लागि प्रस्तावित प्रधान न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ उजुरीको ओइरो लागेको छ । शुक्रबारअन्तिम दिनसम्ममा कार्कीविरुद्ध २९ वटा उजुरी दर्ता भएको छ । संवैधानिक परिषद्को बैठकले गत वैशाख २५ गते कार्कीलाइ प्रन्याको लागि सिफारिस गरेको हो ।

 प्रस्तावितप्रधान न्यायाधीश कार्कीविरुद्ध अर्घाखाँची जिल्लामा कार्यरत न्यायाधीश डा। श्रीकृष्ण भट्टराई सहित अधिकांश कानुन व्यवसायीको २८ वटा उजुरी दर्ता भएको बुझिएको छ। त्यस्तै थप एक गोप्य उजुरी समेत दर्ता भएको संघीय संसद सचिवालयले जनाएको छ।

त्यस्तै सचिवालयले प्राप्त उजुरीको विषयमा छलफलका लागि समितिको बैठक सोमबार बोलाउने तयारी भइरहेको बैठक आव्हानभएयता उजुरी सार्वजनिक गरेर उजुरीको अध्ययनसंगै सुनुवाइको प्रक्रिया अघि बढ्ने जनाएको छ ।

साथै अवको चरणमा समितिले प्राप्त उजुरी केन्द्रीत हुँदै उजुरीकर्तासँग छलफल पनि गर्ने छ । उजुरीकर्तासँगको छलफलपछि समितिले प्रस्तावित प्रधान न्यायाधीश कार्कीलाई सुनुवाइको प्रक्रिया थालनी गर्नेछन ।