शनिबार, बैशाख २९, २०८१

प्रतिनिधिसभा बैठक: अर्थमन्त्री महतले आज बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

 काठमाडौं जेठ २९,
प्रतिनिधिसभाको आज बस्ने बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमाथिको उठेको प्रश्नको जवाफ दिने भएका छन् । आइतवारबाट बजेटमाथिको छलफल सकिएको हो ।

दिउँसो १ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री महतले बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ।

बजेटमाथिको छलफलको क्रममा विपक्षी दलका सांसदहरुले आगामी आवको बजेट असफल भएको टिप्पणी गर्दैगर्दा सत्तारुढ दलका सांसदले समेत बजेटप्रति मिरुित धारणा राखेका थिए ।  संसद सचिवालयका अनुसार अर्थमन्त्री महतले सदनमा उठेका प्रश्नको जवाफ दिइसकेपछि बजेट पारितको प्रक्रियामा जानेछन ।