शुक्रबार, बैशाख १४, २०८१

समानुपातिक निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन आवश्यक : सभापति देउवा

भक्तपुर जेठ २७,
नेपाली कांग्रेस भक्तपुर जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

सभापति देउवाले समानुपतिकमा चयन भएकालाई राष्ट्रियसभामा पठाउने व्यवस्थाका लागि राजनीतिक सहमति गरी संसद्को दुईतिहाइ मतबाट संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । सम्बोधनको क्रममा उहाँले चुनावमा गठबन्धन गरेको कारण कांग्रेस पार्टी ठूलो भएको दाबी समेत ठूलो भएको दाबी समेत गर्नुभयो ।

प्रजातन्त्रमाथिको संकट समाप्त पार्न कांग्रेसलाई बलियो बनाउनुको विकल्प नभएको जनाउ सहित कांग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान सञ्चालनमा लाग्न सिंगो पार्टी पंक्तिलाई आह्वान समेत गर्नुभयो ।