काठमाडौं जेठ २१,
बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु हुने भएको छ ।
शुक्रबार राज्यविरुद्धसहित ५ कसुरमा २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय गत जेठ १० गते दायर प्रस्तु प्रकरणमा पक्राउ परेका १८ जनाको बयान सकिएसंगै आजबाट थुनछेक बहस सुरु हुने भएको हो ।
काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हुने थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा थेनामा पठाउने वा नपठाउने टुंगो लाग्ने जनाएको छ ।
स्मरण रहोस, प्रस्तुतमुद्धामा पक्राउ परेकामध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाकार इन्द्रजित राई सहित फरार रहेका समेत गरि ३० जनाविरुद्ध मुद्धा दायर गरिएको थियो भने यस प्ररणमा १८ जना पक्राउ परिसकेको छन ।