आइतवार, बैशाख २३, २०८१

संशोधित नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्न ७७ वटै जिप्रकालाइ गृहको निर्देशन

 काठमाडौं जेठ २१ ,
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई संशोधित नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्न निर्देशन दिएको छ ।

अघिल्लो संसद्‍ले पारित गरी ९ महिनादेखि राष्ट्रपति कार्यालयमा थन्किएको नागरिकता विधेयक बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसंगै मन्त्रालयले जेठ १७ गते राजपत्रमा प्रकाशित नागरिकता ऐन संशोधन सूचना प्रकाशित भएपछि यस्तो निर्देशन दिएको    हो ।

यस्तोछ राजपत्रमा प्रकाशित संशोधित नागरिकता :

साथै मन्त्रालयले जारी निर्देशनमार्फत नयाँ ऐनमा व्यवस्था भएबमोजिम आज देखि जिल्ला प्रशासन कार्यालयहरुबाट संशोधन गरिएको नागरिकता ऐन अनुसार २०७२ असोज ३ गतेभन्दा अघि जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलेनागरिकता प्रमाणपत्र जारी हुने जानकारी दिएका छन ।

यद्यपी केही जिल्लाका प्रमुख जिल्ला अधिकारीले यस विषयमा मन्त्रालयले परिपत्रमार्फत थप स्पष्ट पार्नुपर्ने बताउँदै गर्दा राजपत्रमै प्रकाशित विषयमा थप स्पष्ट पार्नु आवश्यक नभएको मन्त्रालयले जनाएको छ ।