आइतवार, बैशाख ३०, २०८१

संसद बैठकमा एमालेको अवरोध, प्रधानमन्त्रीले माफी माग्नु पर्ने माग

काठमाडौं जेठ २०,

आज बसेको प्रतिनिधिसभाको बैठकमा भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रहितविरुद्धको अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको गरेको अवरोधपछि सूचना जारी गरी  बैठक सोमबार बिहान ११ बजे सम्मका लागि स्थगित गरिएको छ।

आजको बैठक सुरु भएयता भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले दिएको राष्ट्रहितविरुद्धको अभिव्यक्ति प्रति संसद माफी माग्नु पर्ने माग गर्दै एमालेले अवरोध गरेपछि एक घण्टाका लागि स्थगित भएको बैठक विशेष कारणले बैठक पुन निर्धारित समयमा बस्न नसकेको जनाउ सहित प्रतिनिधिसभाको सचिव पद्मप्रसाद पाण्डेयले जारी सूचना मार्फत बैठक स्थगित भएको जानकारी दिएको हो ।

यसैवीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसद अवरोध हट्ने प्रतिक्रिया दिएका छन् । आइतबार प्रतिनिधि सभाको बैठक अवरोधपछि संसद पत्रकारहरुसँग अध्यक्षले ओलीले राष्ट्र, संविधान र भूमिको रक्षापछि मात्रै संसद्‍को गतिरोध हट्ने बताउनुभयो ।

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031