सोमवार, बैशाख १७, २०८१

०४६पछिका सबै उच्चपदस्थ अधिकारीको सम्पत्ति छानविन गर्ने प्रम प्रचण्डको प्रतिबद्धता

काठमाडौं जेठ १६,

नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाइ आज सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउने जनाएका छन् ।

त्यस्तै सम्बोधनको क्रमा उहाँले दरवार र गौर हत्याकाण्डको अनुसन्धान संगै २०४६ सालको जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरुबारे खोजीनीति गर्ने पनि प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।

नसुल्झिएको रहस्यको रुपमा रहेको यस् घटनाहरुको सुक्ष्म अनुसन्धान सहित सत्यतथ्य सार्वजनिक गर्दै जनजनमा विश्वास सिर्जना गर्नुपर्ने अभिव्यक्ति सहित आफ्नो भारत भ्रमणका क्रममा विद्युत्‌को बजार क्षमताको ग्यारेन्टी हुनेगरी छलफल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।