शनिबार, बैशाख ८, २०८१

गुणस्तर तथा नापतौलका वरिष्ठ निरीक्षकविरुद्ध चार करोडको भ्रष्टाचार

काठमाडौं जेठ १६,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जमा कार्यरत वरिष्ठ निरीक्षकविरुद्ध चार करोड बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेका छन ।  आयोगले आज वरिष्ठ निरीक्षक शशी भुषण कुमार यादवविरुद्ध चार करोड ४७ लाख ३४ हजार २१२ रुपियाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालले यादव सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४६ जेठ ८ गतेदेखि २०७९ असार मसान्तसम्मको अवधिमा आर्जन गरेको सात करोड २४ लाख ५६ हजार २६३ रुपियाँ मध्ये उनको वैध आयको अनुपात भन्दा बढी रकम अर्थात सात करोड २४ लाख ५६ हजार २६३ रुपियाँ खर्च तथा लगानी गरेको देखिएको आयोगले जनाएको छ ।

त्यस्तै यादवको कुल वैधानिक आय कुल व्यवसँग तुलना गर्दा आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादाम्यता देखिन नआएको जनाउँदै आयोगका प्रवक्ता दाहालले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको खेलेको जनाएकोछ ।

साथै गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबाट निजले श्रीमती रीता रानी, छोराहरु विकास यादव र अविनास यादवको नाममा जग्गा खरिद गरेको, घर निर्माण गरेको र बैंक मौज्दात राखेको अख्तियारले जनाएको छ।