शनिबार, बैशाख १५, २०८१

५० प्रतिशत सजाय भुक्तान गरिसकेका कैदीको सजाय माफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

काठमाडौं जेठ १४,

आज बसेको मन्त्रिपरिषद्को बैठकले गणतन्त्र दिवसको अवसरमा ५० प्रतिशत सजाय कटाइ सजाय माफी मिनाहाको निवेदन दिएका रेशम चौधरीलगायत कैदीलाई लगायत कैदीको सजाय माफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकको निर्णको जानकारी दिदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय योजना आयोगको सदस्यमा ९महिलातर्फ० लमजुङकी अनीता ढुंगानालाई नियुक्त गर्ने, क्यानडामा २०८० भदौ ५ गतेदेखि ९ गतेसम्म आयोजना हुने विश्व वातवारण सुविधाको सातौं सभा तथा सम्बन्धित बैठकहरुमा अर्थमन्त्री प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुन स्वीकृति प्रदान गर्ने, सिन्धुलीमाडी-भूमेस्थान-चकमके-उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिइन् । ।

त्यस्तै उहाँले आजको बैठकले मध्य तमोर जलविद्युत् आयोजनाको प्रशारण लाइनको निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो जग्गामा रहेका रुखहरु हटाउन स्वीकृति दिने निर्णयसंगै लंखुवाखोला साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरु निर्माण गर्न संखुवासभा जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो वन क्षेत्रमा रहेका रुख हटाउने स्वीकृति दिने निर्णय गरेको जानकारी दिइन् ।

साथै उहाँले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने, तनहुँ जलविद्युत आयोजना, उर्जा प्रणाली बिस्तार आयोजना, ग्रिड विकास आयोजना र नेपाल वितरण प्रणाली स्तरोन्नति तथा बिस्तार आयोजनाका [लिवर] सन्दर्भ दरअनुसार ब्याजदर निर्धारण गर्ने व्यवस्थाको सट्टा फरवार्ड लुकिङ टर्मका आधारमा ब्याजदर निर्धारण गर्ने गरी वित्तीय सम्झौता संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णयसंगै जेठ ३०९३२ मा भारतको कलकत्तामा आयोजना हुने बिमस्टेक व्यापार सम्मेलनमा सहभागिताका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको भ्रमण स्वीकृत गर्ने र  कीर्तिपुर नगरपालिका ७ निवासी उपेश महर्जनलाई गोरखापत्र संस्थानको सम्पादक सल्लाहकार दुई वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको बताइन ।