शनिबार, बैशाख १५, २०८१

रेशम चौधरीसहित १९ जनालाई आममाफी, ४८२ को कैदीहरूको सजाय मिनाह

काठमाडौं जेठ १४,
मन्त्रिपरिषद्‌को जेठ १२ र १४ गतेको निर्णय सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित १९ जनालाई आममाफी दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले रेशमलगायत कैदीलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार यसरी कैद सजाय मिनाह पाउँनेमा रेशम चौधरी, टोपबहादुर बुढासहित १९ जनालाई संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ अनुसार गणतन्त्र दिवसका अवसरमा कैद माफी गरिएको राष्ट्रपतिको कार्यालयले जारी विज्ञप्तिमा उलेख गरिएको छ।

त्यस्तै राष्ट्रपतिको कार्यालयले मन्त्रिपरिषद्को सिफनरिसमा ५० प्रतिशत सजाय कटाइ सजाय माफी मिनाहाको निवेदन दिएका रेशम चौधरीलगायत कैदीलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफी मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय अनुसार सोमवारबाट लागु हुने गरि रमेश थलङ भन्ने हेमबहादुर थलङरलिम्बूसमेतका ४ सय पचहत्तर जना र ज्येष्ठ नागरिक उदय नारायण गिरीसमेतका ७ जना गरी कुल ४८२ जनाको कैद सजाय मिनाह गरेको हो ।