शनिबार, बैशाख १५, २०८१

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दै

तस्वीर: प्रदिपराज वन्त

काठमाडौं जेठ १४,
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्दै गरेको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटको छलफलसंगै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

सरकारका तर्फबाट सोमबार अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदै छ त्यस्ते जेठ १७ गते प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणको लागि त्यसतफर्प प्रस्थान गर्ने कार्यक्रम तय भएसँगै आजको बैठक मार्फत नितिगत निर्णय गर्ने तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।