बुधबार, अशोज १७, २०८०

आजको संसद बैठकमा अर्थमन्त्री डा महतले आर्थिक वर्ष ०७९/८० को आर्थिक सर्वेक्षण पेस गर्ने

काठमाडौं जेठ १४,
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

गत जेठ ५ गते प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम शनिबार राति अबेरसम्म चलेको प्रतिनिधिसभा बैठकले पारित गरेसँगै सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी अनुसार आजको बैठकमा अर्थमन्त्रीमहतले आर्थिक सर्वेक्षण पेस गर्न लागेको हो ।

आगामी आर्थिक वर्षको बजेट पेस गर्नुअघि सरकारले चालु आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के–कति कार्यान्वयन गरिए, कति थाँती छन्, लागू गर्ने क्रममा कस्ता चुनौती देखिए भन्ने कुराको समीक्षा सहित सदनलाइ मुलुकको अर्थतन्त्रको अवस्थाबारे आर्थिक सर्वेक्षणमार्फत जानकारी गराउने प्रचलन रहिआएको छ ।  सरकारले जेठ १५ गते सोमवार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु