शनिबार, बैशाख १५, २०८१

प्रजातन्त्रको खिलापमा हुने कुनै पनि कामकारवाही काँग्रेसको लागि अस्वीकार्य : सभापति देउवा

काठमाडौं जेठ १३,
लोकतान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियनको ३२ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाइ सम्बोधनगर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय मुलुकको लोकतान्त्रिक व्यवस्थालाइ असफल बनाउँन अनेकन षडयन्त्र हुन थालेको बताउनुभएको छ ।

सम्बोधनको क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले समयानुकुल राजनीतिक दलहरु सुदृढीकरण केन्द्रीत हुनपर्ने आवश्यकता औल्याउँदै देशमा बढ्दो अनियमितता र भ्रष्टाचार प्रकरणका कारण दलका नेता र व्यवस्था विरुद्धनै अनावश्यक आलोचना हुने क्रम बढ्नु राम्रो संकेत नभएको जनाउ सहित प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने बताउनुभयो

साथै प्रजातन्त्रलाई बलियो बनाउन प्रेस युनियनले खेलेको भूमिका सराहनीय रहेको बताृँदै लोकतन्त्रमा प्रेसले गर्ने आलोचनालाई सहन सक्ने क्षमता राख्नुपर्नेमा जोढ दिदै उहाँले प्रजातन्त्रको विकल्प भनेकै प्रजातन्त्र भएको जिकिर सहित प्रजातन्त्रको खिलापमा हुने कुनै पनि कामकारवाही काँग्रेसको लागि स्वीकार्य नभएको बताउनुभयो ।

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा , कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, पूर्वअध्यक्ष हरिहर विरही, तारानाथ दाहाल, नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोखरेल, पूर्वउपाध्यक्ष दामोदरप्रसाद दवाडी, युनियनका संस्थापक नेता शोभाकर पराजुली, नेपाल प्रेस काउन्सिलका सदस्य रामप्रसाद दाहाललगायतले शुभकामना अभिव्यक्ति दिनुभएको उक्त कार्यक्रममा युनियनका उपाध्यक्ष नकुल अर्याल, अध्यक्ष शिव लम्साल प्रेस युनियनको सारगर्वितामाथि प्रकाश पार्नु भएको थियो ।

त्यस्तैयुनियनका महासचिव दिलीप पौडेलले युनियनले २०८० साललाई ‘प्रशिक्षण वर्ष’का रुपमा अगाडि बढाउन लागेको जानकारी दिनुभयो ।