शुक्रबार, बैशाख १४, २०८१

जलहरी प्रकरणको अख्तियारले छानबिन गर्नेछ :प्रम प्रचण्ड

काठमाडौं जेठ १३,
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । यसअघि नेकपा माओवादीका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पशुपतिनाथको मन्दिरमा सुनको सट्टा पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको आरोप लगाएसंगै शुक्रबार नेकपा एमालेका सासंदहरुले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो ।

आज विहान संसद बैठक सूचारु गर्न प्रमुख तीनदलका शिर्ष नेतृत्ववीच भएको छलफलको क्रममा संसदमा उठेको जलहरी भ्रष्टाचार आरोप संसद्को रेकर्डबाट हटाइने र जलहरी प्रकरणबारे प्रधानमन्त्रीले नै सम्बोधन गर्ने सहमति भएसंगै बैठक सुचारु गर्न एमाले सहमत भएको हो ।

तीन दलवीच आज विहान भएको सहमति अनुसार प्रधानमन्त्री दाहालले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको पनि जवाफ संगै जलहरी प्रकरणबारे विशेष सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले पशुपतिनाथको मन्दिरको जलहरीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको र त्यसमा सरकारको सहयोग रहने बताएका छन् ।

त्यस्तै उहाँले पशुपतिको जलहरीमा प्रयोग भएको सुनबारे संसदमा उठेको प्रश्नको शनिबार जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय संसदको रेकर्डबाट हटाउने प्रचलन रहेको जनाउ दिनुभएको थियो ।

त्यसलगत्तै सभामुख देवराज घिमिरेले सचिवालयलाई जलहरीका साथै स्वास्थ्य सामग्री खरीद सम्बन्धी अभिव्यक्तिसमेत हटाउन निर्देशन दिनुभएको थियो ।