शुक्रबार, बैशाख १४, २०८१

भ्रष्टाचारविरुद्ध जनयुद्धको जस्तै मानसिकतामा छु, हेर्नुहोला अझै ठुल-ठुला एक्सन हुन्छन् :प्रम प्रचण्ड

काठमाडौं जेठ १३,
प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केहि सयम भित्र भ्रष्टाचार विरुद्ध ठुला ठुला एक्सन हुन लागेको बताएका छन्। प्रेस सेन्टर नेपालको १९ औं साधारण सभा एवम २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

अहिले सरकारको नेतृत्व गर्ने अवसर आन्दोलनमा निरन्तर खारिएको नेतृत्वको पहलकदमी र वैचारीक लामो संर्घर्षबाट खारिएको नेतृत्वको पहलकदमीले मात्रै सम्भव भएको उनले बताए । उनले युद्ध देखि शान्ति प्रक्रियाको हालको अवस्थामा आइपुग्दाको अनुभवको आधारमा आफु देशको नेतृत्व लिने निर्णयमा पुगेको समेत बताए ।

त्यस्ते उहाँले जनयुद्धका क्रममा जुन मानसिकताका साथ हाम फालिएको थियो अहिले सुसासन,समृद्धि र भ्रष्टाचारका विरुद्ध त्यहि मानसिकताका साथ हाम फालेको बताउँदै प्रधानमन्त्रीले विचार,राष्ट र जनताको निम्ति नयाँ सकल्पका साथ लागेको बताउँदै आफुहरु नेतृत्वमा गएदेखि आफुहरुलाई असफल पार्ने तत्व लागिपरेको भए पनि आफुहरु घेरालाई छिचोल्दै अघि बढेको बताउानु भयो ।

 त्यस्तै प्रधानमन्त्री प्रचण्डले सहितका सपना पुरा गर्नका लागि पनि आफुहरुले अन्तिम लडाई लड्नै पर्ने अवस्था आएको भन्दै कृष्ण सेन इच्छुक क्रान्तिकारी विचार र निष्ठा भएका क्रान्तिकारी साहित्यकार तथा पत्रकार भएको जिकिर सहित उहाँले एकपटक मैले उहाँलाई केन्द्रीय समितिमा प्रस्ताव गर्दा अर्को कामरेडलाई त्यो जिम्मेवारी दिन आग्रह गर्नुभयो । पार्टीमा तिब्र वैचारिक बहस र छलफल चल्दा कृष्णसेन जहिले पनि क्रान्तिकारी कित्तामा लाग्नुभयो । जेलनेलको यातना भोग्दा पनि कहिल्यै डगमगाउनु भएन । कृष्णसेनलाई नेपाली समाजले प्रेरणाको रुपमा लिने गरेको समेत बताए । विचार निष्ठाप्रतिको त्याग नै कृष्णसेन इच्छुक प्रतिको सहि सम्मान हुने प्रधानमन्त्रीको भनाई थियो ।