शुक्रबार, बैशाख ७, २०८१

प्रमुख तीन दलका शीर्ष नेतावीचको छलफल पछि एमाले संसद अवरुद्ध गर्ने निर्णयबाट पछि हट्यो

काठमाडौं जेठ १३,
पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणका कारण संसद अवरुद्ध गर्दै आएका प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज आज दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा कुनै अवरोध नगर्ने भएको छ।  सिंहदरबारमा आज विहान प्रमुख तीन दलका शीर्ष नेताहरुको छलफलपछि प्रतिनिधिसभा सञ्चालनमा एमालेले सहमति जनाएको हो ।

त्यस्ते शिर्ष नेतृत्वत्रयको छलफलमा प्रतिनिधिसभाको आजको बैठकमा पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्दै जलहरी ‍‍प्रकरणको विषयमा संसदलाई जानकारी दिने र माओवादी सांसदले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने सहमति भएसंगै एमाले संसद अवरुद्ध गर्ने निर्णयबाट पछि हटेको हो ।

शीर्ष नेताहरुको छलफलमा प्रधानमन्त्री प्रचण्ड , कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेका अध्यक्ष केपी ओली संगै गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्ण बहादुर खड्का , एमाले नेता पदम गिरी र कांग्रेस नेता रमेश लेखक लगायतको उपस्थिती रहेको थियो ।

 स्मरण रहोस. जेठ १० गते बसेको संसद बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले ओलीलाई पशुपतिमा सुनको सट्टा पित्तलको जलहरी चढाएको आरोप लगाउँदै भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले शुक्रबारको संसद बैठक अवरुद्ध गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु