शनिबार, बैशाख १५, २०८१

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गतेदेखि चार दिवसीय भारत भ्रमणमा जाने , यस्तो छ भ्रमण तालिका

काठमाडौं जेठ १३,
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको औपचारिक तालिका सार्वजनिक भएको छ । नेपाल र भारत दुवै देशले आज प्रधानमन्त्री दाहालको भारत भ्रमणको तालिका सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको जेठ १७ गतेदेखि २० गतेसम्म हुने चार दिवसीय भारत भ्रमणको तालिका नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै गर्ने जानकारी दिएका छन् ।

त्यस्ते परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री दाहाल भारत भ्रमणको क्रममा भारतीय राष्ट्रपति द्रौपदी मूर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग जेठ १८ गते हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । वार्तापछि संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय भएको जनाएको छ ।

यस्तै भ्रमणको क्रममा नेपाल उद्योग वाणिज्य महासंघ  र भारतीय उद्योग परिसंघले संयुक्त रुपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम संगै दुवै देशका व्यापारीसँग अन्तरक्रिया  प्रधानमन्त्री दाहाल स्वदेश फर्किनुअघि मध्य प्रदेशको इन्दोर र उज्जैन भ्रमण गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।