मङ्लबार, बैशाख ४, २०८१

मन्त्रिपरिषद बैठक : नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय

काठमाडौं जेठ १२ ,
आज बसेको मन्त्रिपरिषद बैठकले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ । यसअघि दुबै संसदले प्रस्तुत विधेयक पारित गरिसकेको हुनाले प्रमाणीकरणका लागि पठाउने निर्णय भएको जानकारी दिदै अघिल्लो राष्ट्रपतिबाटै प्रमाणीकरण हुन पर्ने हो । तर हुन सकेन । यद्यपी विधेयक प्रमाणीकरणका लागि पुन राष्ट्रपतिसमक्ष पठाउने निर्णय भएको बताए ।

त्यस्तै बैठकले टीकापुर घटनामा जन्मकैदको सजाय तोकिएकानागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको माफीसम्बन्धी प्रस्तावमा भने मन्त्रिपरिषदले कुनै निर्णय नगरेको जानकारी दिएको छ । त्यस्तै मन्त्रिपरिषद बैठकले बाहिरी जिल्लाबाट काठमाडौं आएर राहदानी लिँदा लाग्ने १२ हजार शुल्क घटाएर ५ हजार बनाउने निर्णय समेत गरेको बुझिएको छ ।

यसअघि रेशमलाल चौधरीको माफीसम्बन्धी राष्ट्रपति कार्यालयमा दर्ता भएको निवेदन आवश्यक कार्यार्थका लागि गृह मन्त्रालयमा फिर्ता गरिएको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । प्रेस सल्लाहकार पोखरेलले प्रचलित कानून, यस सम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानूनबमोजिम हुने गरी गर्न भनेर गृहमा फिर्ता पठाइएको जनाउ सहि यसविषयमा राष्ट्रपतिबाट कानून र विगतका नजिरसमेत हेरेर निर्णय लिइने जानकारी दिनुभयो ।