शनिबार, बैशाख १५, २०८१

मन्त्रिपरिषद् बैठक : सरकारको नीति तथा कार्यक्रम पारित, आजै संसद्मा पेस हुँदै

 काठमाडौं जेठ ५,
आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले तय गरेको आफ्ना नीति तथा कार्यक्रम पारित गरेको हो ।

त्यस्तै पारित सरकारको नीति तथा कार्यक्रम आजै बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने छन् ।

मुलुकले आर्थिक शिथिलताको सामना गरिरहेको बेला अर्थतन्त्रलाई उकास्ने र सरकारप्रति जनविश्वास बढ्ने अपेक्षा सहित सार्वजनिक हुन लागेको नीति तथा कार्यक्रममा सरकारले आन्तरिक उत्पादन, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिको व्यवसायीकरणको जो सहितका कार्यक्रम तर्जमा गरिएको बताइएको छ ।