आइतवार, जेष्ठ १४, २०८०

महाशाखा भन्यो -बंगालको खाडीमा विकसित ‘मोखा’ चक्रवातको प्रभाव नेपालमा छैन

काठमाडौं बैशाख ३०,
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित ‘मोखा’ चक्रवातको प्रभाव नेपालमा नरहने जनाएको छ ।

महाशाखाले शनिबार बिहान जारी गरेको मौसम बुलेटिनमा हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको तर चक्रवातको उल्लेखनीय प्रभाव नरहेको जनाएको हो ।

त्यस्तै महमशखाले पछिल्लो समय बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको उल्लेख गर्दै बुलेटिनमार्फत उक्त चक्रवात उत्तर-उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले यसको नेपालमा प्रभाव नरहने बताएको हो ।

त्यस्तै जारी बुलेटिनमा आज कोशीलगायत वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने जनाउँदै महाशाखाले यी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै आइतबार कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू९भागका एकाध स्थानमा मेघगर्जनरचट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको जनाउको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930